
प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ६० प्रतिशत मतगणना सम्पन्न भएको छ । एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ६१ लाख २१ हजार ३८ मत गणना भइसकेको छ ।
समानुपातिकमा पनि एमालेको अग्रता कायमै छ । एमाले कांग्रेसभन्दा ८५ हजार मतले अघि छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा कांग्रेसभन्दा १३ सिट धेरै जितेको माओवादी केन्द्रसमानुपातिकमा भने एमाले र कांग्रेसको तुलनामा निकै कमजोर देखिएको छ ।
एमालेले १ लाख २९ हजार ५ सय ४४ मत ल्याउदा कांग्रेसले उसकै हाराहारी २० लाख ४५ हजार ५ सय २३ मत ल्याएको छ । माओवादी केन्द्रले उनीहरुको अधा पनि ल्याउन सकेको छैन । उसको ८ लाख ३० हजार १ सय ८९ मत छ ।
संघीय समाजवादी फोरमले २ लाख ७० हजार ८ सय १९ मत ल्याएको छ भने राजपाले २ लाख १२ हजार १ सय ८५ मत ल्याउदै ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् ।
कसको मत कति ?
- एमाले– २१ लाख २९ हजार ५ सय ४४
- कांग्रेस– २० लाख ४५ हजार ५ सय ३४
- माओवादी केन्द्र– ८ लाख ३० हजार १ सय ८९
- संघीय फोरम– २ लाख ७० हजार ८ सय १९
- राजपा– २ लाख १२ हजार १ सय ८५
- राप्रपा– १ लाख ४३ हजार ९३
- विवेकशिल– १ लाख ३७ हजार ६ सय २८
- नयाँ शक्ति– ५९ हजार ८७
- राप्रपा(प्रजातान्त्रिक)– ४७ हजार ५ सय ८४
- राष्ट्रिय जनमोर्चा–३६ हजार ५७