२७ मंसिर २०७४, बुधबार

काठमाडौं– काठमाडौंबाट प्रतिनिधिसभा सदस्यका लागि विवेकशील साझाबाट उम्मेदवार बनेका तीन जनाको जमानत जफत भएको छ।

निर्वाचन ऐन २०७४ अनुसार १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत गरीन्छ । प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर ३, ४ र १० का उम्मेदवारको जमानत जफत भएको हो।

जमानत जफत हुनेमा कांग्रेस उम्मेदवार गगन थापासँग चुनाव लडेकी विवेकशील साझाकी सुबुना बस्नेत पनि छिन्। गगन थापाले २१ हजार ५ सय ५८ मत प्राप्त गर्दा सुबुनाले ३ हजार ४० मत प्राप्त गरेकी थिईन् ।

यस्तै, काठमाडौं क्षेत्र नम्बर ३ का विवेकशीलकी उम्मेदवार सुमित्रा सिंह लामाको पनि जमानत जफत भएको छ।सिंहले उक्त क्षेत्रका विजयी उम्मेदवार नेकपा एमालेका कृष्णबहादुर राईले १९ हजार १ सय ६९ मत प्राप्त गर्दा सुमित्राले २२ सय ५ मत ल्याएकी छिन्।

जमानत जफत हुने अर्का उम्मेदवार हुन्, काठमाडौं क्षेत्र नम्बर १० का प्रदीप ढकाल। विवेकशीलका ढकालले जम्मा २ हजार ३ मत ल्याएका छन्। उक्त क्षेत्रका विजयी उम्मेदवार कांग्रेसका राजेन्द्र कुमार केसीले २४ हजार १ सय ९० मत ल्याएका छन्।

LIVE TV