२७ मंसिर २०७४, बुधबार

काठमाडौं । निर्वाचन परिणाम आइसकेपछि अब भने प्रदेशको मुख्यमन्त्रीको दौड सुरु भएको छ । यसक्रममा वाम गठबन्धनका एमाले र माओवादीबीच नै प्रतिस्पर्धा सुरु भएको छ । यो प्रतिस्पर्धा प्रदेश नम्बर ५ मा बढी छ ।

प्रदेश नम्बर ५ मा एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति वाम गठबन्धनबीच भएको थियो । तर अहिले माओवादीका दुई जना नेताले यो पदमा दावी गरेका छन् ।

माओवादी सचिवालय सदस्यद्वय कुलबहादुर केसी ‘सोनाम’ र कृष्णध्वज खड्काले मुख्यमन्त्रीमा दावी गरेका छन् ।

LIVE TV