२६ मंसिर २०७४, मंगलवार

स्याङ्जा । विवादको कारण ढिलो गरेर गणना हुन लागेको स्याङजामा एमालेकी पद्मा अर्यालले उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ४६ सय मतले पछि पारेकी छन् ।

अहिलेसम्मको मतगणनामा अर्यालले २१००४ मत ल्याएकी छन् भने गोपालमान श्रेष्ठले १६३५५ मत ल्याएका छन् । अर्यालभन्दा श्रेष्ठ ४ हजार ६ सय भन्दा बढी मतले पछाडि छन् । मत गणनाको सुरुदेखिनै अघि रहेकी अर्यालले मतान्तर बढाउदै लगेपछि कांग्रेसमा अब जित्ने आशा हराउदै गएको छ ।

स्याङजाका प्रतिनिधिसभाका दुबै क्षेत्रमा एमालेको अग्रता कायमै छ । यो मत परिणामले स्याङजाका दुबै क्षेत्रको सबै सिट एमालेको पोल्टामा जाने देखिएको छ । त्यस्तै क्षेत्र नम्बर १ मा एमालेका नारायण मरासिनी कांग्रेसका राजु थापालाई पाँचहजार मतले उछिन्दै अघि छन् ।

मरासिनीले २३ हजार सातसय मत ल्याउदा थापाले १८ हजार पाँचसय मत ल्याएका छन् । यसरी पाँचहजार मतको अन्तरले राजुलाई मरासिनीले अग्रता लिएकाछन् ।

LIVE TV