२६ मंसिर २०७४, मंगलवार

नेपाली जनताले एक बर्ष भित्र तीन निकायको निर्वाचनमा सहभागी भएर संविधान कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी र दायित्व पूरा गरे । स्थानीय तहको निर्वाचनदेखि नै रोजाईमा नेकपा एमालेलाई पारेका नेपाली जनताले संघ र प्रदेशमा पनि उसैलाई रुचाएको पाइयो । एमालेलाई रुचाउनु भनेको काँग्रेस पछि पर्नु नै हो । सम्पन्न निर्वाचनका यी दुई दलबीच धेरै उथलपुथल मच्चाएको छ । त्यसैले पनि मुलुकका यी दुई परम्परागत शक्तिबीचको अबको सम्बन्धले पनि मुलुकको बाटो प्रष्ट हुने छ नै ।

संविधान जारी गर्दा एक ठाउँमा उभिएका प्रमुख तीन दल स्थानीय, संघ र प्रदेशको निर्वाचनमा दुई तिर भए । स्थानीय तहको निर्वाचनमा काँग्रेससंग टासिएको माओवादी केन्द्र संघ र प्रदेशको निर्वाचनमा बाम गठबन्धनको नाममा एमालेसंग टाँसिन पुग्यो । यस्ले उस्लाई फाइदा नै पु¥याएको पनि प्रष्ट देखिएको छ । निर्वाचन परिणाम पछि काँग्रेसका शीर्ष नेताहरु अर्धमुर्छित अवस्थामा छन भन्दा फरक नपर्ला । तर एमाले र माओवादी केन्द्रका नेताहरुले भने काँग्रेसप्रति नरम शब्द नै प्रयोग गर्दै आएका छन् ।

हरेक संकटमा मुलुकका लागि नेतृत्वदायी भुमिका खेल्दै आएको नेपाली काँग्रेस यसपटक पराजय भए पनि उस्को भुमिका भने यो मुलुकलाई आवश्यक छ भन्ने बुझ्न शायद एमाले र माओवादी केन्द्रलाई गाह«ो नपर्ला । वहुमतको अहममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको निर्णयमा एमाले र माओवादी केन्द्रमात्र सहभागी भए त्यो देशका लागि नै दुर्भाग्य हुने पनि निश्चित छ । तर यही बोधलाई बुझेर होला एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिपक्षीलाई हरेक कदममा साथ लिने प्रतिबद्धता व्यक्त गरिसक्नु भएको छ । जुन व्यवहारत प्रयोगमा आए मुलुकका लागि नै शुभ हुने निश्चित छ ।

मुलुकका यी प्रमुख तीन दल एक ठाउँ उभिएर निर्णय लिदा हरेक कदम राष्ट्रको हितमा नै भएको छ । चाहे त्यो संविधान जारी गर्दाको अवस्थामा होस् या निर्वाचन गराउने निर्णय लिदाको अवस्थामा होस् । अन्य कतिपय निर्णयमा पनि यी तीन दल एक ठाउँमा उभिदा मुलुक र मुलुकवासीलाई न्याय नै भएको छ । हरेक दलका आआप्mनै विचार र विवेक हुन्छन नै । तर राष्ट्र निर्माणको पक्षमा यी तीन दलको एकता सधै होस् भन्ने पक्षमा नै जनताले मत जाहेर गरेको पनि प्रष्ट भएको छ । नेपाली काँग्रेसले सम्पन्न निर्वाचनमा सिट संख्याको आधारमा पछि परेको हो मतको आधारमा पछि परेको भने होइन भन्ने पनि छर्लङ्ग बनेको छ नै ।

LIVE TV