२६ मंसिर २०७४, मंगलवार

नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी ५० हजार ८ सय ३७ को भारी मत सहित प्रतिनिधिसभा सदस्यमा बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका नेता डा. रामबहादुर बिसीलले ३२ हजार ५ सय ४४ मत लिएर पराजित हुनुभएको हो । नेता रायमाझीले डा. बिसीलाई १८ हजार २ सय ९२ को भारी मतले पराजित गर्नुभएको हो । नेता रायमाझी सुरु देखिनै डा. बिसीलाई पछाडि पार्दै अग्रता लिनु भएको थियो ।

रायमाझी नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता हुनुहुन्छ । २०१७ सालको कात्तिकमा अर्घाखाँचीको अर्घा फलेपतमा जन्मिएका नेता रायमाझीले माध्यामिक तहसम्मको शिक्षा जनज्योति मावि अर्घाखाँचीबाट पूरा गर्नुभएको हो । काठमाडौंको अमृत साइन्स क्याम्पसबाट विज्ञान विषयमा स्नातक गरेका नेता रायमाझीले २०३४ सालदेखि कम्युनिष्ट राजनीति थाल्नुभएको हो ।

२०५२ सालदेखि भएको सशस्त्र युद्धमा नेता रायमाझीले ५ वर्ष भूमिगत र २ वर्ष बन्दी जीवन बिताउनुभएको थियो । जितपछि यस निर्वाचनले दुरगामी महत्व राख्ने रायमाझीको भनाई छ ।

रायमाझी २०६४, २०७० सालमा पनि अर्घाखाँची क्षेत्र नम्बर १ बाट बिजयी हुनुभएको थियो । उहाँ पूर्व उपप्रधान मन्त्री तथा उर्जा मन्त्री, भौतिक योजना तथा पूर्वाधार मन्त्री, स्थानीय विकास मन्त्री, शान्ति तथा पुन निर्माण मन्त्री समेत हुनुभएको थियो ।

LIVE TV