२६ मंसिर २०७४, मंगलवार

नेपाली काँग्रेस तनहुँले निर्वाचानमा पार्टीभित्र अन्तर्घात गरेको भन्दै पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारवाही गर्न सिफारिस गरेको छ । पार्टीको साख गिराएको र विपक्षी पार्टीलाई जिताउन लागेको भन्दै काँग्रेसले पूर्व सहमहामन्त्री जोशी र अन्य २ जनालाई कारबाहीका लागि सिफारिस गरेको हो ।

मंगलवार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस तनहुँले पार्टीको नीति तथा नियम भन्दा बाहिर गएर विपक्षी पार्टीलाई सहयोग गर्ने व्यक्ति अन्तर्घाती भएको भन्दै कारवाही गर्नुपर्ने जनाएको छ । तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबिरुद्ध बागी उम्मेदवारी दर्ता गराएर निर्वाचन आयोगले खारेज गरेपछि जोशीले विपक्षी पार्टीलाई जिताउन भूमिका खेलेको भन्दै कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको जनाएको छ ।

जोशीले सूर्यमा भोट हाल्न आह्वान गर्दै आफ्ना कार्यकर्ताको एमालेलाई सूची बुझाउनेदेखि कांग्रेस पार्टीकैविरुद्ध आत्मघाती काम गरेको आरोप लगाउँदै तनहुँ कांग्रेसको वैठकले जोशीसहित पाण्डे र पन्थलाई कारबाही सिफारिस गरेको हो ।
यता नेपाली कांग्रेसले तनहूँ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ पुनः मतदान गर्न माग गरेको छ । यस क्षेत्रमा कांग्रेस युवा नेता प्रदीप पौडेल वामपन्थी उम्मेदवार नेकपा माओवादी केन्द्रकी आशा कोइरालासँग ५ मत पराजित भएका थिए । प्रदेशसभाभित्र पर्ने बिभिन्न बुथका पाँचवटा मतपेटिकामा जम्मा खसेको मतको मुचुल्कामा भन्दा मणनाका क्रममा ७० मत बढी देखिएका कारण धाँधली भएको दाबी समेत गरेको छ ।

LIVE TV