२६ मंसिर २०७४, मंगलवार

७७ जिल्लाका १सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये हालसम्म १ सय ६२ वटा क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्मको मतपरिणाम अनुसार नेकपा एमालेले ७८ स्थानमा जित निकाल्दै अग्रस्थानमा रहेको छ ।

मंसिर १० र २१ गतेसम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेले प्रदेश र प्रतिनिधि सभा सदस्यतर्फ अग्रस्थान हासिल गरेको छ ।

हालसम्म एमालेले ७८, माओवादीले ३६, कांग्रेसले २२ स्थानमा विजयी हासिल गरेको छ । जारी मतगणनामा मंगलवार मात्रै नेकपा एमालेले स्याङजा क्षेत्र नम्बर १ मा विजयी हासिल गर्दै अग्रतालाई बढाएको छ ।

यता काँग्रेसका नेता अमरेश कुमार यादवको जितसँगै काँग्रेसको थप एकसिट संख्या बढेको छ । हालसम्मको परिणाम अनुसार संघीय समाजवादीले समेत १० स्थानमा जित हात पारेको छ ।

LIVE TV