२६ मंसिर २०७४, मंगलवार

सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका छन् ।

मंगलबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार उनले निकटतम् प्रतिद्वन्द्वी राजपा नेपालका उम्मेदवार राकेशकुमार मिश्रलाई १ हजार ५३९ मतान्तरले पराजित गरेका हुन् ।

सिंहले २९ हजार ६७५ मत ल्याएर विजयी हुँदा मिश्रले २८ हजार १३६ मत पाए । कांग्रेस नेता सिंहले वि।सं। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट तत्कालीन तम
लोपाका अध्यक्ष हाल राजपा नेपालका अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुरलाई हराउँदै सभासदरसांसद बनेका थिए ।

सर्लाहीको क्षेत्र नम्बर–४ को नतिजा सार्वजनिक भएसँगै सर्लाहीको प्रतिनिधिसभातर्फका ४ ओटै र प्रदेशसभातर्फका ८ ओटै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

जसमा प्रतिनिधिसभातर्फ राजपाले दुई, वाम गठबन्धन र कांग्रेसले एक एक स्थानमा जितेका छन् । प्रदेशसभातर्फ राजपाले ४, वाम गठबन्धन र कांग्रेसले समान दुईरदुई स्थानमा विजयी हासिल गरेका छन् ।

LIVE TV