२६ मंसिर २०७४, मंगलवार

पोखरा । नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा केन्द्र मालेपाटन, पोखराका कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका छन् ।
मंगलबार दिउँसो सेवाग्राहीबाट २५ हजार रूपैयाँ घुस लिँदालिँदै इलेक्ट्रिक फोरम्यान चौथो तहका कर्मचारी र्इश्वरप्रसाद सुवेदी पक्राउ परेका हुन् ।

थ्रि फेज विद्युत मिटर जडानमा सुवेदीले घुसको बार्गेनिङ गर्दै २५ हजार रूपैयाँ चाहिने अडान लिएपछि अख्तियार अनुसन्धानको क्षेत्रीय कार्यालयमा उजुरी परेको थियो । उजुरीका आधारमा अख्तियारको विशेष टोलीले उनलाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।  सुवेदीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

LIVE TV