२६ मंसिर २०७४, मंगलवार

प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ४० प्रतिशत मतगणना सम्पन्न भएको छ । एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ४१ लाख २५ हजार ६१ मत गणना भइसकेको छ ।

समानुपातिकमा पनि एमालेले अग्रता बढाउदै लगेको छ । एमाले कांग्रेसभन्दा ९० हजार मतले अघि छ । पहिला चौथो स्थानमा रहेको विवेकशिल साझा छैंठौं स्थानमा धकेलिएको छ ।

कसको कति मत रु ?

  • एमाले– १४ लाख ९१ हजार ५ सय १
  • कांग्रेस– १४ लाख १ हजार १ सय ८
  • माओवादी केन्द्र–५ लाख १९ हजार ४ सय ७७
  • संघीय फोरम–१ लाख ३९ हजार ५ सय ६९
  • राप्रपा– ९२ हजार ३ सय ७५
  • विवेकशिल– ९० हजार ५ सय ८१
  • राजपा– ८४ हजार ३ सय ८९
  • नयाँ शक्ति– ४३ हजार ६ सय ४३
  • राप्रपा९प्रजातान्त्रिक०– ३० हजार ७ सय ८८
  • राष्ट्रिय जनमोर्चा–३० हजार १ सय ९८

LIVE TV