२६ मंसिर २०७४, मंगलवार

काठमाडौं । आफ्नो कार्यकालमा दोलखामा फिल्म सिटि निर्माण, बक्स अफिस लागु गर्ने, नेपाली फिल्मको विदेश प्रदर्शन ब्यावस्थालाई सहज बनाउने र निर्माता, निर्देशक र कलाकार तथा प्राविधिक संरक्षण लगाएतको महत्वपुर्ण काम गर्ने नव नियुक्त ‘चलचित्र बिकास बोर्ड’की अध्यक्ष निकिता पौडेलले लक्ष्य राखेकी छन् ।

करीब ५ महिनाअघि राजकुमार राईको कार्यकाल सकिएपछि ‘चलचित्र विकास बोर्ड’ अध्यक्षमा सोमवार बसेको मन्त्रिपरिषद बैठकले निकिता पौडेललाई नियुक्त गरेको थियो ।

‘चलचित्र विकास बोर्ड’ले पहिलो पटक महिला अध्यक्ष पाएको हो । चलचित्र विकास बोर्ड’ नेपालको फिल्म क्षेत्र हेर्ने एकमात्र सरकारी निकाय हो ।

निकिता गोपीकृष्ण मुभिज तथा गोपीकृष्ण इन्टरटेनमेन्टकी अध्यक्ष समेत हुन् । भदौमा सरकारले चलचित्र विकास बोर्डको अध्यक्षको पदपुर्तिका लागि आवेदन मागेको थियो ।

LIVE TV