२६ मंसिर २०७४, मंगलवार

काठमाडौं ।  एक नम्वर प्रदेशमा एमाले पहिलो पार्टी भएको छ । उसले प्रदेश सभा गठनका लागि स्पष्ट बहुमत पुर्‍याउने देखिएको छ । बहुमतका आधारमा एमालेबाट मुख्यमन्त्री चुनिने सम्भावना बढेको छ । एमालेले शेरधन राईलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।

कुल ५६ सिट रहेको एक नम्वर प्रदेशमा बाम गठवन्धनले ४६ सिटमा विजय हासिल गरेको छ । एमालेले एक्लै ३६ र माओवादी केन्द्रले १० सिटमा विजय हासिल गरेका छन् ।

प्रदेशसभातर्फ नेपाली कांग्रेसले ७ सिटमा र संघीय समाजवादी फोरम र स्वतन्त्र उम्मेदवारले १ । १ स्थानमा जित हात पारेका छ ।

एक नम्वर प्रदेशअन्तर्गत सुनसरी जिल्लाको एक सिट बाहेक अन्य स्थानको सम्पूर्ण मत परिणाम सार्वजनिक भइसकेको छ ।

सुनसरीको निर्वाचन क्षेत्र नम्वर ३ खमा भने मतगणना जारी छ । सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

LIVE TV