२५ मंसिर २०७४, सोमबार

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका ६ सदस्य नै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ७० सालको चुनावमा छुट्टाछुट्टै दलका रुपमा चुनाव लड्दा तराई मधेस केन्द्रित दलका ५ जना प्रमुख नै पराजित बनेका थिए । तर अहिले ६ दल एक भएर चुनाव लड्दा ६ जना अध्यक्ष नै विजयी बने ।

संविधानसभाबाट जारी भएको संविधानप्रति असन्तुष्ट रहेका मधेसी केन्द्रित दल एकीकृत बनेर राजपा बनेको हो । संविधानप्रति असन्तुष्ट रहेका यी ६ दल एक भएर आन्दोलनमा लागे । आन्दोलनलाई समर्थन गर्दै भारतले नेपालमा नाकाबन्दी समेत गरेको थियो ।

एक भएर आन्दोलन चर्काउन सफल भएका यी ६ दलले पार्टी एकीकरण गर्दै पहिलो पल्ट संसदीय चुनाव लडे । जसमा ६ जना अध्यक्ष नै विजयी बनेका हुन् । ६ अध्यक्ष मध्ये महिन्द्र राय यादवले मात्र ७० सालको चुनाव जित्नुभएको थियो । यी ६ अध्यक्षलाई जिताउन तराई मधेसबाटै उदाएको अर्को दल संघीय समाजवादी फोरम नेपालको साथ महत्वपूर्ण रह्यो ।

LIVE TV