२५ मंसिर २०७४, सोमबार

उदयपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर नारायण खड्काले उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचीत भएका छन । उनको यो जीत तेस्रो पटक हो ।

वाम गठबन्धबाट उम्मेदवार एमालेकी मन्जु चौधरीलाई ५ सय ४८ को मतान्तरमा पछि पार्दै डाक्टर खड्काले विजय हासिल गरेका हुन । डाक्टर खड्काले ३३ हजार १ सय ४२ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी एमालेकी चौधरीले ३२ हजार ५ सय ९४ मत प्राप्त गरेकी छन ।

डाक्टर खड्का ०६४ र ०७० को संविधानसभा निर्वाचनमा जन निर्वाचित संसद हुन् । २००५ साल चैत ७ गते भोजपुरमा स्वार्गीय चित्रबहादुर र धर्मकुमारी खडकको कोखबाट जन्मेका डाक्टर खड्काले भारतको पुनेबाट अर्थशास्त्रमा विधावारधि९पिएचडी० गरेका छन् ।

२०२३ विद्यार्थी संगठनबाट राजनीति थालेका डाक्टर खड्का राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र तत्कालीन कृष्णप्रसाद भट्टराई नेपालको प्रधानमन्त्री हुदाँ उनको राजनैतिक सल्लाहाकार समेत भईसकेका छन् ।

०६४ सालको संविधानसभामा क्षेत्र न १ बाट विजयी डाक्टर खड्काले १४ हजार ४ सय ६८ मत प्राप्त गरेका थिए । डाक्टर खडकका प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजन किराँतीले १३ हजार ३ सय ३६ मत प्राप्त गरेका हुन् । १ हजार १ सय ३२ मतले किराँतीलाई जित्दा तेस्रो हुन तत्कालीन एमालेका उम्मेदवार अशोक राईले ९ हजार ८ सय १० मत प्राप्त गरेका थिए ।

दोस्रो संविधानसभा निर्वाचन २०७० मा १ नम्बर क्षेत्रबाटै १५ हजार ३ सय ८१ मत डाक्टर खड्काले विजय हासिल गरेका थिए । उनका प्रतिद्वन्द्वी मणिराज उपाध्यले करिव ७ हजार मत प्राप्त गरेका थिए । दोस्रो संविधानसभा हुदाँ उदयपुर जिल्लामा ३ निर्वाचन क्षेत्र थिए ।

त्यस समय १ र २ क्षेत्र रहेको अवस्था २ नम्बरबाट अहिले डाक्टरसँग पराजीत एमालेकी मन्जु चौधरीले २३ मत अन्तरले कांग्रेसकी प्रमिला राईलाई जितेकी हुन । विकासवादी नेता भनेर जिल्ला चिनेने डाक्टर खड्का शहरी विकास मन्त्री भइसकेका छन् । उनकी प्रतिद्वन्द्वी चौधरी पनि तत्कालीन केपी ओली प्रधानमन्त्री हुदाँ शहरी विकास राज्यमन्त्री भइसकेकी हुन् ।

LIVE TV