२५ मंसिर २०७४, सोमबार

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री तथा नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र नम्बर १ बाट निर्वाचित उम्मेदवार डाक्टर शशांक कोइरालाले आफूहरु विपक्षीमा बसेर बलियो रुपमा प्रस्तुत हुने बताएका छन् ।

विपक्षीमा बस्ने र कसरी विपक्षीलाई बलियो पारेर प्रस्तुत हुने भन्ने नै नेपाली कांग्रेसको लक्ष्य हुने शशांकले बताए ।

सोमबार नवलपुरको कावासोतीमा विजयी घोषणा सभापछि प्रेस युनियन नवलपरासीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइराललाले कांग्रेसले बिपक्षको भूमिका खेल्ने बताएका हुन् ।

कोइरालाले आउदो दिनमा संगठनलाई अझै चुस्त दुरुस्त पार्नका लागि आफ्नो ध्यान बढि केन्द्रित हुने बताए। उनले पार्टी नराम्रो अवस्थामा आएको स्विकार गर्दै पार्टी संगठनलाई भावि दिनमा बलियो पाररे अगाडी बढउन ठूलो चुनौती खडा भएको समेत बताए

LIVE TV