२५ मंसिर २०७४, सोमबार

राजनीतिक स्थायित्व नहुँदा नेपाली जनता आजित थिए । हरेक बर्ष जसो नयाँ प्रधानमन्त्रीकोरुपमा फरक फरक व्यक्तिलाई पाउनु नेपालीहरुको नियति नै बनेको थियो । अस्थिर राजनीतिले उब्जाएको विकृतिले न देशको विकास हुन सकेको थियो नत जनताको जीवनस्तरमा परिवर्तन नै ल्याउन सकेको थियो । तर अब के ति दिन आको हो त नेपाल र नेपालीका लागि ।

नेपालको राजनीतिक इतिहासमा कुनै एक राजनीतिक दलले पुरै कार्यकाल अर्थात पाँच बर्ष सरकार चलाएको उदाहरण समेत भेटिदैन । त्यसमाथि अस्थिर सरकार , मिलीजुली सरकार र दलहरुको खिचातानीले नेपालको राजनीति त विकृत बन्यो नै त्यसमाथि सबभन्दा ठूलो चोट नेपाली जनता र मुलुकले पाउनु प¥यो । मुलुक विकासमा धेरै पछि पर्दा जनताले पाइलापाइलामा दुःख मात्र पाए । तर अब बन्ने सरकारले मुलुक र जनताको चाहनालाई महत्वमा राखेर काम गरोस भन्ने कामना सर्वसाधारणको छ ।

विकास नहुनुको दोष नेपाली जनताले सरकार र राजनीतिक दलहरुलाई नै दिदै आएका छन् । मुलुकलाई समृद्धि र विकास तर्फ लैजाने उद्घोष गरेको बाम गठबन्धनले प्रष्ट वहुमत पाउँदै गर्दा यसबाट नमात्तिन पनि सर्वसाधारणको सुझाव छ ।

धेरैले ठानेका छन् अब उत्तरको छिमेकी चीनबाट रेल नेपाल आइपुग्छ । नेपालको विकासमा उदार रहदै आएको उत्तरको आशा यसपटक बढी नै पनि गरिएको छ । भलै आगामी बन्ने सरकारको नै यस्मा जिम्मेवारी बढी हुने निश्चित छ । तर विकास भने हुन्छ भन्ने आश गर्ने सर्वसाधारणको कमी छैन यहाँ ।

निश्चित हो पनि अब एकमना सरकार बन्ने निश्चित छ । जुन अस्थिर राजनीतिका लागि सकारात्मक सन्देश हो पनि । तर अब बन्ने सरकारमाथि आशा धेरै बढ्दै जाँदा जनताको दैनिक सरोकारको विषयदेखि मुलुकको समग्र विकासमा ध्यान दिन जरुरी छ ।

LIVE TV