२५ मंसिर २०७४, सोमबार

काठमाडौं । चितवन टाइगर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि कप्तान, प्रशिक्षकसहित प्राविधिक टोली घोषणा गरेको छ । चितवन टाइगर्सले पृथु बाँस्कोटालाई कप्तानमा नियुक्त गरेको छ ।

पृथुको कप्तानीमा नेपालले एसीसी यू–१५ र एसीसी यू–१७को उपाधि जितिसकेको छ । पृथुकै कप्तानीमा नेपालले सन् २०१२ मा आईसीसी यू–१९ विश्वकप खेलेको थियो । साथै पृथु नेपाली राष्ट्रिय टोलीका अनुभवी खेलाडी पनि हुन् ।

दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको चितवन टाइगर्समा राष्ट्रिय टोलीकादीपेन्द्रसिंह ऐरी, दीलिपनाथ र ललितसिंह भण्डारी रहेको अवगत नै छ ।

चितवन टाइगर्सले प्रशिक्षकको जिम्मेवारी कलामअली र दीपेन्द्र चौधरीलाई दिएको छ । कलामको प्रशिक्षणमा पहिलो संस्करणको इपीएलमा पञ्चकन्या तेजले उपाधि जितेको थियो । नेपालले हालै एसीसी यू–१९ इस्टर्न रिजन जित्दा र भारतलाई पराजित गरी एसीसी यू–१९ एसिया कपको सेमि फाइनल पुग्दा कलाम सहयाक प्रशिक्षक रहेका थियो । दीपेन्द्र हाल नेपाली यू–१६ टोलीसँग थाइल्यान्डमा छन् ।

चितवन टाइगर्स राष्ट्रिय क्रिकेटर सुवास खकुरेललाई म्यानेजर मानियुक्त गरेको छ । हातमा लागेको चोट निको नभएका कारण खेल्न नसकेको अवस्थामा टिममा उनको उपस्थिति र व्यवस्थापनले ठुलो हौसला प्रदान गर्ने विश्वास छ ।

चितवन टाइगर्सको अप्रेसन हेडमा दिपक कार्की छन् । उनी फुटबलका पूर्व खेलाडी तथा आईडीएस ग्रुपमा आवद्ध छन् । आईडीएस ग्रुपअन्तर्गतको चितवन टाइगर्स हो ।

लायन्स क्लब इन्टरनेश्नल एमडी ३२५, नेपालसँग चितवन टाइगर्स सोसल पार्टनर रहेको छ । यस अनुरुपहालै ह्विल चेयर क्रिकेट एसोसिएसनअन्तर्गत ह्विल चेयरका राष्ट्रिय खेलाडीलाई खेलकुद सामाग्री प्रदान गरेको थियो । साथै प्रतियोगिता पश्चात खेल सामाग्रीपुनःवितरण गर्ने कार्यक्रम चितवन टाइगर्सको रहेको छ ।

LIVE TV