२५ मंसिर २०७४, सोमबार

रश्ना पौडेल

काठमाडौँ । जापान सरकारले नेपालको ग्रामीण भेगमा स्वास्थ्य, शिक्षा र अतिआवश्यक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्दता जनाएको छ । दुइ देशबीच मानव जीवन सुरक्षाको विषयमा विभिन्न अवधारणा अगाडि सार्दै उस्ले यस्तो प्रतिबद्यता जनाएको हो ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदुत मासासी ओगावाले परियोजनामा हस्ताक्षर गर्दै दुइ देशविचको सम्वन्धलाई थप प्रगाढ बनाउने बताउनुभयो । परियोजनामा हस्ताक्षर गर्दै गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य , शिक्षा र अत्यावश्यक दैनिक विषयवस्तुमा सहयोग गर्ने बताउनुभयो । जापानले स्वास्थ्य र शिक्षाको क्षेत्रमा गर्दै आएको सहयोगले नेपालका विभिन्न ग्रामीण भेगमा टेवा पुगेको विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा ग्रामीण स्वास्थ्य शिक्षा केन्द्रका प्रमुख बालप्रसाद शाहीले जिजिपिको आर्थिक सहयोगबाट प्राप्त सहयोगले आँखाको उपचारमा आवश्यक उपकरण तथा शल्यक्रियाका उपकरण प्रदान गर्ने बताउनुभयो । उहाँले सहयोगबाट वहिरंग विभाग, प्रसुति विभाग, नाक कान घाँटी तथा अकुपन्चर र स्वास्थय सम्बन्धि क्षेत्रमा सहयोग गर्ने बताउनुभयो ।
पछिल्लो समय जापान सरकारले नेपालको स्वास्थ्य , शिक्षा ,पूर्वाधार विकास र सरसफाइको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

LIVE TV