२५ मंसिर २०७४, सोमबार

प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको १५३ क्षेत्रको अन्तिम मत परिणाम आएको छ। १५३ मध्ये नेपाली कांग्रेसका उम्मेदवारले २१ स्थानमा विजयी भएका छन्।

१५३ को अन्तिम मत परिणाम आउदा कांग्रेस उम्मेदवार १०४ स्थानमा निकटतम प्रतिस्पर्धी रहेको पाइएको छ। जसमध्ये एमाले उम्मेदवारले जितेका ६१ स्थानमा, माओवादी केन्द्रले जितेका २६ स्थानमा कांग्रेस निकटतम प्रतिस्पर्धी छ। त्यस्तै राजपाले जितेका ५ र फोरम नेपालले जितेका ५ स्थानमा पनि कांग्रेस नै निकटतम प्रतिस्पर्धी बनेको छ। त्‍यस्तै भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा), हुम्लामा स्वतन्त्र र झापामा राप्रपाका उम्मेदवारसंग कांग्रेस उम्मेदवार निकटतम प्रतिस्पर्धी भएर पराजय ब्यहोरेका छन्।
कांग्रेस उम्मेदवारले सबै भन्दा कम हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामासंग ४४ मतले पारजय व्यहोरे भने सबै भन्दा बढी मतले दोलखामा रुद्र खड्काले हारे।

पराजित भएको धेरै ठाउँमा नेपाली कांग्रेसका उम्मेदवार निकटतम प्रतिस्पर्धी रहेका छन्। कतिपय ठाउँमा कांग्रेसले समर्थन गरेका अन्य पार्टीका उम्मेदवार निकटतम प्रतिस्पर्धी रहेका छन्।

LIVE TV