२५ मंसिर २०७४, सोमबार
  • राजु पौडेल,

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले ल्याएको बहुमत लोकतन्त्र प्राप्तिको लागि विभिन्न समयमा गरिएको अन्दोलनको प्रतिफल भएको बताउनु भएको छ ।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य निवार्चित भएपछि प्रमाणपत्र ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले बहुमत आउनु मात्रै ठूलो कुरा नभएको भन्दै मुलुकमा स्थायित्व र स्थिरता आएमात्रै त्यसले सार्थकता पाउने बताउनुभयो । ओलीले प्रतिपक्षलाई साथ लिएर सम्मानपूर्ण व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गर्दै अबको बाटो विकासको भएको र वैज्ञानिक ढङ्गबाट यातायात, सञ्चार, शिक्षा, विद्युत लगायतमा लगानी गर्ने बताउनु भयो ।
त्यसै अध्यक्ष ओलीले झापाको भद्रपुरमा आयोजित विजयी सभालाई सम्बोधन गर्दै झापामा राप्रपासहितको फरक गठबन्धन बनाउनु बाध्यता रहेको उल्लेख गर्नुभयो । उहाँले त्यसलाई शतप्रतिशत अनुमोदन गरेको भन्दै झापाली जनताप्रति आभार व्यक्त गर्नुभयो ।

LIVE TV