२५ मंसिर २०७४, सोमबार

श्वेता खड्काको फिल्म ‘कान्छी’ ले नयाँ प्रदर्शन मिति तय गरेको छ । फिल्मको निर्माण पक्ष र वितरकले फागुन ४ गतेलाई ‘कान्छी’ को प्रदर्शन मिति पक्का गरेका छन् । माघ २६ गते अब अनमोल केसी अभिनित ‘कृ’ मात्र रिलिज हुनेछ ।

‘कृ’ टिमसँग धेरै छलफल गर्ने कोशिस गर्दा पनि कुनै निर्णय नभएपछि स्वेता आफैले ‘कान्छी’को रिलिज मिति सारेकी हुन् ।
स्वेताको यस निर्णयले ‘कान्छी’ र ‘कृ’ दुवै टिमलाई फाईदा पु¥याउने निर्मात्री तथा अभिनेत्री स्वेताले बताएकी छन् ।

साथै, हल सञ्चालक र वितरक पनि फागुन ४ मा ‘कान्छी’ आउँदा खुसी हुने श्वेताले बताइन् । आकाश अधिकारी निर्देशित ‘कान्छी’ मा श्वेता र अभिनेता दयाहाङ राई मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

LIVE TV