२५ मंसिर २०७४, सोमबार

काठमाडौं । जितको उत्सव मनाउँन वाम गठबन्धनका शीर्ष नेता गृहजिल्लामा पुगेका छन् । झापा ५ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओली विजयी घोषणा हुँदा काठमाडौंमा नै थिए । विजयी उत्सब मनाउँन तथा मतदातालाई धन्यबाद दिनको लागि ओली सोमबार विहान गृहजिल्ला झापा पुगेका छन् ।

मतगणना सुरु भएदेखि गणनास्थल चितवनमा एकपटक पनि नजानु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि प्रतिद्वन्दी बिक्रम पाण्डेसँग मतान्तर बढदै गएपछि गृहजिल्ला चितवन पुगेका थिए ।

उनी विजयी घोषणा भएपछि अहिले चितवनमा शुभकामना लिइरहेका छन् । वाम गठबन्धन आवद्ध अन्य शिर्ष नेता पनि विजयी भएपछि आफू निर्वाचित भएको निर्वाचन क्षेत्रमा नै रहेका छन् ।

LIVE TV