२५ मंसिर २०७४, सोमबार

काठमाण्डौ । किन हार्यो त कांग्रेस ? संसदका दोस्रो र तेस्रो दल चुनावी तालमेल गरेर जाने निर्णपछि त्यसमा नअटेको दललाइ समेटेर कांग्रेसले लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने प्रयास गरेको थियो ।

तर, त्यसमा उ सफल हुन सकेन । त्यसको असर प्रदेश दुईमा सबैभन्दा धेरै परेको छ ।

दुई राप्रपासंग चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय निर्णयलाई नेता कृष्णप्रसाद सिटौलाले भंग गर्दा त्यसको असर झापामा प्रत्यक्षरुपमा परेको छ ।
त्यसले तालमेल भएका ठाउँमा पनि आशंका जन्मायो ।

दुई ठुला दल तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका बेला कांग्रेसले मतदातालाई आकर्षण भरोसा जगाउन सकेन ।

मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका लागि विगतमा आफुले दिएको योग्दानको चर्चा गर्न पनि कांग्रेसले सकेन ।

बर्तमानमा आशा देखाउन र भविष्यपतिको भरोसा जगाउन नसक्दा पनि याँ मतदाता कांग्रेससंग टाढा बने ।

सरकार गठन र विघटनको खेलबाट आजित जनता स्थिर सकार र आर्थिक समृद्धिका लागि मतदान भन्ने बाम गठबन्धनको नाराले हुनपुगे ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

LIVE TV