२४ मंसिर २०७४, आईतवार
file picture

अनलाइन प्लेटर्फममा पूर्व पोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनी सबैभन्दा बढी खोजी हुने महिलामा परेकी छिन् ।  अभिनेत्रीहरू दीपिका पादुकोण, प्रियंका चोपडा, ऐश्वर्या राय बच्चन, क्याट्रिना कैफलगायतलाई पछि पार्दै सन्नीले सबैभन्दा धेरै खोजी हुने महिलाको उपाधि हातपारेकी हुन् ।


अत्यधिक खोजी गरिएका अभिनेत्रीहरूको सूचीमा कैटरिना कैफ, ईशा गुप्ता, दिशा पटानी र ममता कुलकर्णी जस्ता नामहरू पनि छन् ।

अभिनेता विनोद खन्नालाई मृत्युपछि बढी खोजिएको छ । पुरुष सेलेब्रिटीमा उनी याहुमा खोजिनेमा पहिलो नम्बरमा छन् ।
विनोद खन्नापछि कपिल शर्मा दोस्रो नम्बरमा छन् । सलमान खान र रजनीकान्त कपिलभन्दा पछाडि धकेलिए ।

यो वर्ष उनको कुनै चर्चित फिल्म रिलिज नभए पनि सन्नी अरू अभिनेत्रीभन्दा बढी खोजिनेमा परिन् ।

LIVE TV