२४ मंसिर २०७४, आईतवार

बर्दिया। बाम गठबन्धनका सुत्रधार मानिएका नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम पराजित हुनु भएको छ । प्रतिनिधिसभाका लागि बर्दिया क्षेत्र नम्बर एकबाट चुनावी मैदानमा उत्रनु भएका गौतम नेपाली काँग्रेसका उम्मेद्वार सञ्जयकुमार गौतमसंग १ हजार ३ सय ३७ मतले पराजित हुनु भएको हो ।

बामदेव गौतमले ४२ हजार ६ सय ५७ मत ल्याउँदा सञ्जयकुमार गौतमले ४३ हजार ९ सय ९४ मत प्राप्त गर्नुभएको छ । विजयी गौतम वर्तमान सिंचाई मन्त्री एवं बर्दिया काँग्रेस सभापति समेत हुनुहुन्छ ।

LIVE TV