२४ मंसिर २०७४, आईतवार
  • भगिश्वर लिम्बु

तेह्रथुम  । प्रतिनिधी तथा प्रदेशसभाको निर्बाचनमामा तेह्रथुमबाट प्रदेश सभा (क) निर्वाचन क्षेत्रमा एमालेका लक्ष्मण तिवारी विजयी भएका छन् । तिवारीले लोकतान्त्रीक गठबन्धनका उमेरद्धार कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानालाई १ हजार ४ सय ६६ मतले पराजित गरेका छन् ।

तिवारीले ११ हजार ७ सय २६ मत प्राप्त गरेका छन् भने ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गरेका छन् । जिल्लाका म्याङलुङ्ग र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका रहेको यो प्रदेश निर्वाचन क्षेत्रमा २४ हजार २ सय ३० मत खसेको थियो ।

यसै बिच तेह्रथुमबाट प्रदेश सभा (ख) निर्वाचन क्षेत्रमा एमालेका तेजमान कन्दङवा पनि जितको नजिक पुगेका छन् । प्रदेशसभाको निर्बाचनमा उमेरद्धारी बनेका कन्दङवाले प्याब्सन केन्द्रिय अध्यक्ष बिजय सम्बाहाङफेलाई भारीमतको अन्तरले जित्ने निश्चीत भएको छ। जिल्ला निर्बाचन कार्यालयका अनुसार फेदाप क्षेत्रका मत मध्ये १९ मत गन्न बाकी रहदा कन्दङवाले ९ हजार ४ सय १० मतले अग्रता लिएका छन्भने उहाका निकटतम प्रतिद्धन्दी सम्बाहाङफेले ७ हजार १ सय ६७ मतका साथ पछ्याई रहनु भएको छ ।

 

LIVE TV