२४ मंसिर २०७४, आईतवार

दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेश सभा १ मा नेपाली काँग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी विजयी भएका छन ।
चौधरीले बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य जगप्रसाद शर्मालाई पराचित गर्दै परिणाम आफनाृ पक्षमा पारेका हुन ।

दाङ वाममय हुँदा चौधरी एक्लैले भारीमतान्तरले शर्मालाई हराएका छन । चौधरीले २३ सय ७६ मतले जितेका हुन । काँग्रेसका चौधरीको पक्षमा १७ हजार ३६ मत प्राप्त भएको थियो भने निकटतम प्रतिद्धन्द्धी माओवादीका उम्मेदवार जगप्रसाद शर्मालाई १४ हजार ७ सय मत आएको थियो ।

२०४८ साल देखि सामाजिक आन्दोलनबाट समाजमा स्थापित भएका चौैधरी २०५८ मा नेपाली काग्रेससंग आबद्ध भएका थिए । दाङको तुलसीपुरमा जन्मिएका चौधरी जिल्लाका विकासप्रेमी नेताको रुपमा चिनिदँै आएका छन ।

२०६४ सालको संविधान सभा निर्वाचनमा माओवादीकै उम्मेदवार संग पराजित चौधरी २०७० सालको संविधानसभाको निर्वाचनबाट संसदमा पुगेका थिए । चौधरी वर्तमान श्रम तथा रोजगार राज्यमन्त्री पनि हुन ।

LIVE TV