२४ मंसिर २०७४, आईतवार

२४ मंसिर, जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा कांग्रेसका विमलेन्द्र निधिलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले विजय हासिल गरेका छन् ।

‘यो मधेस आन्दोलनको जित हो, धनुषाको जित हो, सम्पूर्ण मधेसी जनताको जित हो, महतोले भने, ‘जनकपुर मधेस आन्दोलनको राजधानी भएकाले यहाँबाट मधेसवादी दलले जित्नु भनेको ठूलो उपलब्धी हो ।’

जितपछि महतोले अब केन्द्रमा संविधान संशोधनका लागि वाम गठबन्धनसँग सहकार्य गर्ने बताए । ‘हामी केन्द्रमा संविधान संशोधनका लागि वाम गठबन्धनलगायत अन्य दलसँग सहकार्य गरेर जानेछौं,’ महतोले भने, ‘संविधानमा छुटेका अधिकारहरू दिलाउन हाम्रो प्रयास रहनेछ ।’

 

LIVE TV