२४ मंसिर २०७४, आईतवार

कञ्चनपुर, मंसिर २४ – कन्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरु नेपाली काँग्रेसका रमेश लेखक र नेकपा एमालेका दीपक प्रकाश भट्ट बीचको प्रतिस्पर्धा सुन्ने, मत गन्ने र स्वयं उम्मेदवारका लागि पनि रोचक भैरहेको छ ।

यी दुई नेता बीचको प्रतिस्पर्धा लुकामारी खेले झैं भैरहेको छ । यी दुई नेता मध्ये जो अघि लागेपनि सय भन्दा कम मतले मात्र अघि पछि भइरहेका हुन्छन् ।

अहिले विहानसम्म काँग्रेसका लेखक भन्दा ३३ मतले मात्र अगाडि रहेका भट्टले पछिल्लो मतपरिणाम अनुसार मतान्तर केही बढाएका छन् । पछिल्लो मतपरिणाम अनुसार एमालेका दीपक प्रकाश भट्टको १४ हजार ५० मत रहेको छ भने काँग्रेसका रमेश लेखकले १३ हजार ७९३ मत प्राप्त गर्नुभएको छ ।

LIVE TV