२४ मंसिर २०७४, आईतवार

बर्दिया । वाम गठबन्धनका उम्मेदवार एमाले उपाध्यक्ष बामदेव गौतम बर्दिया–१ मा २८ सय मतले पछाडि परेका छन् ।

७४ हजार ९ सय ६५ मत गन्दा सिचाइँ मन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतमले ३७ हजार १ सय ५४ मत पाएका छन् ।

गौतमले ३२ हजार ८ सय १० मत ल्याएका छन् । ४ हजार ७ सय २४ मत बदर भएको र २२ हजार मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।

LIVE TV