२४ मंसिर २०७४, आईतवार

काठमाण्डौ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. शेखर कोईरालालाई हराउँदै नेकपा एमालका नेता लालबाबु पण्डित प्रतिनिधिसभा सदस्यामा मोरङ ६ बाट निर्वाचित भएका छन् ।

पण्डितले कोईरालालाई ६ सय ७५ मतले पराजति गरे ।शनिबार बिहान सार्वजनिक गरिएको अन्तिम नतिजामा पण्डितले ३३ हजार नौ सय ४१ मत प्राप्त गरे ।

जितपछि पण्डितले आफुले जनताको सेवा गरेबापत जनमत पा्रप्त गरेका बताएका छन् ।

उनले निर्वाचनबेला जनतासंग गरेको बाचा नभुल्ने बताउँदै जनताको सेवामा निरन्तर लागिरहने प्रतिक्रिया दिए ।

यस्तै मोरङ क्षेत्रनम्बर ४ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचचार्यलाई हराउँदै अमनलाल मोदी विजयी भएका छन् ।

मोरङका ६ वटा निर्वाचन क्षेत्रका वाम गठबन्धनका उम्मेदवारमभ्ये सबैभन्दा कमजोर आँकलन गरिएका अमनलाल मोदीले पटकपटक मन्त्री बनिसकेका कांग्रेसका
प्रभावासली नेता आचार्यालाई पराजित गर्न सफल भए ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

LIVE TV