२४ मंसिर २०७४, आईतवार

कपिलवस्तु । कपिलवस्तुमा प्रतिनिधि सभा क्षेत्र नं. १ मा बाम गठ बनधनका उम्मेद्वार बृजेश कुमार गुप्ता भारी मत ल्याई विजयी भएका छन् । बृजेश कुमार गुप्ताले ३५१४७ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेद्वार तथा पूर्व सांसद सुरेन्द्र राज आचार्यले ३१५६६ मत प्राप्त गरेका छन् ।

०५६ सालको संसदीय निर्वाचनमा राप्रपाबाट जितेका गुप्ता ०६४ र ०७० को संविधानसभा निर्वाचनमा तत्कालिन क्षेत्र नम्बर ३ बाट विजयी बनेका थिए । तमलोपाबाट छुट्टिएको हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट सूर्य चिन्ह लिएर चुनावमा होमिएका गुप्ताको संसदमा चौथो जित हो ।

LIVE TV