२४ मंसिर २०७४, आईतवार

स्याङ्जा ।  वाम र लोकतान्त्रिक गठबन्धनबीच भएको विवादपछि स्याङ्जामा स्थगित भएको मतगणना आइतबारबाट शुरु हुने भएको छ । भोलि बिहान ११ बजेबाट गणना हुनेगरी विवाद मिलेको मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले बताए ।

वाम गठबन्धनले कांग्रेसले चार वटा बुथ कब्जा गरेको आरोप लगाउँदै पुनः मतदानको माग गरेको थियो । पछि कांग्रेसका कार्यकर्ताले पनि एमालेले बुथ कब्जा गरेको आरोप लगाएका थिए । प्रशासनले निशेधाज्ञा लगाएको उक्त क्षेत्रमा अहिले भने विवाद मिलिसकेकाले हटाउने पहल भइरहेको छ ।

LIVE TV