२३ मंसिर २०७४, शनिबार

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट नेपाली काँग्रेसका उम्मेदवार दममानाथ ढुंगानाले विरक्तिएको शैलीमा आफ्नो उम्मेदवारी प्रति गुनासो गरेका छन् । मतपरिणाम जारी रहँदा प्रतिस्पर्धी एमालेका उम्मेदवार महेश बस्नेतसँग भारी मतान्तरका साथ पछि परेपछि शनिबार अपराह्न उनले आफ्नो ट्वीटर मार्फत् यस्तो उल्लेख गरेका हुन् ।

उनले ट्वीटरमा भूतले खाजा खाने बेला उठिएजस्तो छ ! मात्रै लेखेका छन् । यसबाहेक थप केही पनि नलेखेपनि एमाले उम्मेदवारसँग ११ हजारको मतान्तरमा पछाडि रहेका उनले यही चुनावी नतिजाप्रति विरक्तिँदै यस्तो लेखेको सजिलै आकलन गर्न सकिन्छ । उनले यो ट्वीट गर्ने बेलासम्म एमाले उम्मेदवार बस्नेतको २२ हजार ४ सय ६५ मत आएको थियो भने काँग्रेस उम्मेदवार रहको उनको जम्मा ११ हजार ४ सय ९५ मत आएको छ ।

LIVE TV