२३ मंसिर २०७४, शनिबार

प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना जारी छ । जारी मतगणनामध्ये अहिलेसम्म ४७ स्थानको अन्तिम नतिजा सार्वजनिक भईसकेको छ । जसमा वाम गठबन्धनको एमालेले अग्रता लिइरहेको छ। ४७ मध्ये २७ स्थानमा एमालेका उम्मेदवार विजयी भएका छन्। माओवादी दोस्रो स्थानमा रहेको छ।

माओवादीले हालसम्म १२ स्थानमा जित हात पारेको छ। नेपाली कांग्रेसले भने ६ स्थानमा मात्र जित हात पारेको छ। नयाँ शक्ति र संघीय समाजवादी १र१ स्थानमा जित हात पार्न सफल भएका छन्।

वियजी प्रतिनिधिसभा

एमाले २७

माओवादी १२

कांग्रेस ६

संघीय समाजवादी १

नयाँ शक्ति १

स्वतन्त्र १

जम्मा ४७

प्रदेशसभातर्फ हालसम्म ५५ स्थानको मतपरिणाम घोषणा भएको छ। जसमा एमालेले ३२, माओवादीले ११ र कांग्रेसले ७ स्थानमा जित हात पारेको छ। नयाँ शक्ति र अन्य दलका उम्मेदवारले ५ स्थानमा जित हात पार्न सफल भएका छन्।

विजयी प्रदेशसभा

एमाले ३२

माओवादी ११

कांग्रेस ७

अन्य ५

जम्मा ५५

२०४ स्थानको मतगणना भइरहँदा प्रतिनिधिसभातर्फ पनि एमाले अग्रस्थानमा छ । एमाले ५६ स्थानमा अगाडि छ भने माओवादी २१ स्थानमा अग्रस्थानमा छ। कांग्रेस १९ र अन्य २० स्थानमा अगाडि छन् ।

 

 

LIVE TV