२३ मंसिर २०७४, शनिबार

ओखलढुंगामा प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुईवटै सिट वाम गठबन्धनले जितेको छ । प्रतिनिधिसभामा वाम गठबन्धनका यज्ञराज सुनुवार विजयी भएका हुन् ।

प्रदेशसभाको क मा वाम गठबन्धनका उम्मदवार अम्बीरबाबु गुरुङ विजयी भए । गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका मित्रसेन दाहालले ११ हजार ९ सय ६ मत ल्याएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । संघीय समाजवादी फोरमका नरेश नेम्वाङले २ सय ९९ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् ।

प्रदेशसभा ख मा पनि वाम गठबन्धनका मोहन खड्का विजयी हुनुभएको छ । उनले १५ हजार ४ सय ४५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका प्रदिप सुनुवारले खड्काभन्दा १ हजार ७ सय ७४ मत कम ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा काँग्रेसका विद्रोही उम्मेदवार रहेका ज्ञानेन्द्र रुम्दालीले १ हजार ८ सय ५८ मत ल्याएका छन् ।

LIVE TV