२३ मंसिर २०७४, शनिबार

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ४ मा निर्वाचन अधिकृतको हस्ताक्षर विनाको मतपत्र भेटिएको छ । हस्ताक्षर विना भेटिएका मतपत्र बदर गर्ने निर्णय पश्चान रोकिएको मतगणना सुरु गरिएको छ ।

धनुषा क्षेत्र नम्बर ४ को जनकपुर उपमहानगरपालिका वडा नं.१९ को बेंगाशिवपुर मतदान केन्द्रको मतपेटिका भित्र हस्ताक्षर विनाको १ सय ३२ मतपत्र भेटिएको छ । हस्ताक्षर नै नभएको मतपत्रलाई लिएर दलहरु बीच विवाद उत्पन्न भएपछि ४ घण्टा मतगणना स्थागित गरिएको थियो । उक्त मतपत्र बदर गर्ने सहमति पछि मतगणना पुनः सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए ।

कांग्रेसको गढ मानिएको धनुषाको तीन वटा निर्वाचन क्षेत्रमा राजपा—फोरमको मधेसवादी गठबन्धन निरन्तर अग्रस्थानमा छन् ।
कांग्रेस तथा बाम गठबन्धनका उम्मेदवारलाई पछाडि पार्दै राजपा—फोरमका नेताहरु शुरुवाती चरणदेखि नै अगाडि छन् । सार्वधिक चासो रहेको धनुषा क्षेत्र नम्बर ३ मा राजपाका नेता राजेन्द्र महतो महतो २२ हजार ३ सय ७ मत प्राप्त गरी अग्रस्थानमा छन् । कांग्रेस नेता विमलेन्द्र निधिले २१ हजार १ सय २१ मत ल्याएर दोस्रो स्थानमा संघर्ष गरिरहेका छन् । राजपा—फोरमको गठबन्धनबाट उम्मेदवार बनेका महतोबाट १ हजार १ सय ८६ मत अन्तरले निधि पछि परेका छन् । धनुषा ३ मा ९७ हजार ५ सय २ मतदाता रहेकोछ ।

धनुषा क्षेत्र नम्बर ४ मा समेत राजपा—फोरमका उम्मेदवार महाजन यादव शुरुवाती मतपरिणाम देखि नै अग्रस्थानमा छन् । महाजन यादवले ४ हजार ७ सय ९७ मत ल्याएर अगाडि छन् । कांग्रेस नेता महेन्द्र यादव ४ हजार ५ सय ६९ मत प्राप्त गरी महाजनलाई पछयाउँदैछन् । बामका उम्मेदवार रघुविर महासेठ ३ हजार ७ सय ६९ मत प्राप्त गरी संघर्ष गरिरहेका छन् ।

LIVE TV