२३ मंसिर २०७४, शनिबार

गोरखा। नयाँ शक्ति पार्टीका संयोजक एंव पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई २५ हजार ८७३ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले २१ हजार २७७ मत ल्याएर दोश्रो स्थानमा संघर्ष गरिरहनुभएको छ । श्रेष्ठले काँग्रेसको सहयोगमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका भट्टराईबाट चार हजार ५९६ बढीले मतअन्तरले पछि परेका छन् ।

सो क्षेत्रमा ६० हजार मत खसेकामा अहिलेसम्म ५० हजार ४६ मतगणना भइसकेको छ ।

यसैगरी गोरखा–१ मा माओवादी केन्द्रका नेता हरिराज अधिकारीले २० हजार ३०४ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई काँग्रेसका नेता चीनकाजी श्रेष्ठले १६ हजार ४६२ मत ल्याएर पछियाइरहनुभएको छ ।

यो क्षेत्रमा ६३ हजार मत खसेकोमा अहिलेसम्म ४१ हजार ३४९ मतगणना सम्पन्न भएको छ ।

LIVE TV