
काठमाण्डौ । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी भएका हुन् ।
विजय भए लगत्तै राजधानीमा नेपाली कांग्रेका उम्मदेवार गगन थापाको विजय र्याली निकालिएको छ ।गगन थापाले २१ हजार ५ सय ५१ मत पाए भने भट्टराईले १८ हजार १ सय ४० मत मात्र ल्याएका थिए ।
प्रतिस्पर्धी एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै थापाले जित हासिल गरेका हुन्।