२३ मंसिर २०७४, शनिबार

काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ८ मा एमालेका जीवनराम श्रेष्‍ठ विजयी भएका छन् । श्रेष्ठले कांग्रेस उम्मेदवार नविन्द्रराज जोशीलाई ४ सय ४४ मतले पराजित गरेका हुन्।

श्रेष्ठले १३ हजार ३ सय ९७ मतसहित विजय हासिल गरेका हुन् । नविन्द्रराजले १२ हजार ९ सय ५३ मत प्राप्त गरे। विवेकशील साझा पार्टीका पुकार बमले ४ हजार ४ सय १४ मत ल्याए।

LIVE TV