२२ मंसिर २०७४, शुक्रबार

ओखलढुंगाको प्रदेश ‘क’ मा वाम गठबन्धनका उम्मेद्वार अम्बिरबाबु गुरुङ विजयी भएका छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी कांग्रेसका मित्रसेन दाहालले ११ हजार ९ सय ६ मत पाए । गुरुङले लोकतान्त्रिक गठबन्धनका दाहाललाई ७ हजार दुई मतले पछि पारे । दाहाललाई पछ्याएका संघीय समाजवादी फोरमका नरेश नेम्वाङले २ सय ९९ मत ल्याए ।

LIVE TV