२२ मंसिर २०७४, शुक्रबार

ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधिसभा सभा तर्फको क्षेत्र नम्बर ख को मतगणना सम्पन्न भएको छ । क्षेत्र नम्बर ख मा रहको ४ गाउपालिकाको मतणना सकिँदा एमालेका उम्मेद्धवार यज्ञराज सुनुवार ३०९ मतले अघि रहेका छन् । चार गाउपालिकाको ३३ हजार २ सय ७ मत गनिँदा २ हजार २ सय ५६ मत बदर भएका छन् ।

प्ररम्भिक मत परिणाम अनुसार बाम गठबन्धनका प्रतिनिधिसभा सभा उम्मेद्धवार यज्ञराज सुनुवारले १४ हजार ९ सय ८५ मत प्रप्त गरेका छन् भने उनलाई नेपाली कांग्रेका उम्मेद्धवार रामहरि खतिवडाले पछ्याईरहेका छन् । खतिवडाको १४ हजार ६ सय ७६ मत भएको छ । अहिले प्रतिनिधिसभा सभा सदस्य तर्फको क्षेत्र नम्बर क को मतगणना सुरु भएको छ ।

त्यस्तै प्रदेशसभा सदस्य निर्वाचन तर्फपनि बाम गठबधनका तर्फबाट उम्मेद्धवार बनेका एमालेका अम्बिरबाबु गुरुङले अग्रता कायम गरेका छन् । उनले नेपाली काग्रसेका उम्मेद्धवार मित्रसेन दाहाल ५ हजार २ सय १६ मतले लिड गरिरहेका छन् । दाहालले ७ हजार ९ सय ९० ल्याएका छन् भने गुरुङले १३ हजार २ सय ६ प्रप्त गरेका छन् ।

चार गाउपालिका रहेको यस क्षेत्रमा अहिले सम्म २२ हजार २ सय ९३ मत गनिसक्दा ६ सय ९ मत भने बदर भएका छन् ।

LIVE TV