२२ मंसिर २०७४, शुक्रबार

मुगु  । गएको मंसिर १० गते सम्पन्न भएको प्रतिनीधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको प्रतिनीधी सभा सदस्यको मतगणना कार्य भर्खरै सम्पन्न भएको छ ।

प्रतिनीधि सभा सदस्यका लागि बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका गोपालबहादुर बम विजयी भएका छन । बमले कुल सदर मतको १३ हजार ३४ मत प्राप्त गरि विजयी बनेका हुन ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका हस्तबहादुर मल्लले ९ हजार ८ सय ६१ मत प्राप्त गरेका थिए भने नयाँ शक्क्री का उमेदार राज बहादुर भामले ९९मत ल्याएका छन भने बदर मत ६सय ४८रहेका छनक । विहिवार वेलुकी साढे पाँच बजेबाट सुरु गरिएको प्रतिनिधी सभा सदस्यको निर्वाचनको मतगणना शुक्रवार अपरान्ह पौने चार बजे सम्पन्न भएको थियो ।

मतगणना सकिएको जानकारी दिए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयी भने घोषणा गरेको छैन । अन्तिम मत परिणाम आउदा सम्म नयाँ शक्ति पाटीका उम्मेदवार राजबहादुर भामले ९९ मत प्राप्त गरेका छन ।

प्रतिनीधी सभा सदस्यको मतगणना सकिए लगत्तै बेलुकी ५ बजेको समय बाट प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल ३० हजार १५ मतदाता रहेको मुगुमा २३ हजार ७ सय १२ मत खसेको थियो ।

LIVE TV