
विवादका कारण स्याङ्जाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अझै पनि मतगणना हुन सकेको छैन । कांग्रेस र एमालेबीचको विवादका कारण मतगणना हुन नसकेको हो।
कांग्रेसले २ स्थानमा बुथ कब्जा गरेको आरोप लगाउँदै एमालेले पुनः मदतानको माग गरेको छ। कांग्रेसले मतगणना सुरु गर्न माग गर्दै निर्वाचन अधिकृतमाथि दुर्व्यवहार गरेपछि अहिले प्रहरी परिचालन गरिएको छ।
यहाँ कांग्रेसबाट गोपालमान श्रेष्ठ र वाम गठबन्धन तर्फबाट एमालेकी पद्मा अर्याल चुनावी प्रतिस्पर्धामा छन्।