२२ मंसिर २०७४, शुक्रबार

काठमाडौं । नायिका केकी अधिकारीले आफुभन्दा तीन दशक बढि उमेरका राजाराम पौडेलसँग कम्मर मर्काएकी छन् । फिल्म ‘हुर्रे’को एउटा गीतमा केकी र राजारामसँगै अर्का लिड अभिनेता अंकित खड्कालाई फिचर गरिएको छ ।

file picture

फिल्मको सार्वजनिक ‘ठेकीमा दहि’ बोलको गीतमा राजनराज शिवाकोटी र मिलन आमात्यको स्वर छ । राजेन्द्र थापाको शब्दमा राजनराजले संगीत भरेका छन् । राजन इशानको एरेञ्ज छ ।

विक्रम स्वाँरले नृत्य निर्देशन गरेका छन् । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन् । अनुपबिक्रम शाही, संगीता नापित लगायत फिल्ममा लिड अभिनेतामा छन् ।

यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको फिल्मलाई फागुन २५ मा प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ ।

LIVE TV