२२ मंसिर २०७४, शुक्रबार

मनाङ  ।  मनामनाङमा प्रतिनिधी सभा सदस्यका लागी नेकपा एमालेका पोल्देन छोपाङ गुरुङ २३०० मत प्राप्त गरेर निर्वाचित हुनु भएको छ । उहाँका निकट्तम प्रतिद्धन्दी टेक वहादुर गुरुङले २०२१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका गुरुङले २७९ मत अन्तरले निर्वाचित भएको छ । प्रतिनिधि सभामा जम्मा १६ मत बदर भएको थियो ।

देश भरमा नै सवै भन्दा थोरै मतदाता संख्या भएको मनाङमा ५ हजार ८ सय ८१ मतमा ४ हजार ३ सय २१ मत मात्र खसेको थियो । पोल्देन छोपाङ गुरुङ राजनिति लागेको धेरै समय भएको छैन भने टेक व गुरुङ पटक पटक नेपाली काग्रेसको पटक पटक जिल्ला सभापती भएका र दोस्रो सबिधान सभाको निर्बाचनमा सबिधान सभा सदस्यमा बिजय भएका थिए ।

त्यस्तै प्रदेश सभा १ मा नेपाली काग्रेसका चिन्ता बहादुर घलेले ९९८ मत प्राप्त निर्वा्चित भएका छन । उनका प्रतिद्धन्दी धोर्जे डण्डुल घलेले ८९६ मत प्राप्त गरेका छन् । काग्रेसका चिन्ता बहादुर घले १०२ मतको अन्तरले निर्वाचित भएका हुन् । मनाङमा प्रदेश नं १ मा १ हजार ९ सय १ मत खसेको थियो । खसेको मतमा ७ मत बदर भएको जिल्ला निर्वाचन कार्यलय मनाङले बताएको छ ।

LIVE TV