२२ मंसिर २०७४, शुक्रबार

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसी पछाडि पर्नुभएको छ । उहाँले ६७९ मत प्राप्त गर्नुभएको छ ।
उहाँका प्रतिस्पर्धी एमालेका नारायणप्रसाद खतिवडाले ८८८ मत प्राप्त गर्नुभएको छ ।

केसी खतिवडाभन्दा २०९ मतले पछाडि हुनुहुन्छ । त्यस्तै नुवाकोट क्षेत्र नम्बर १ मा भने नेपाली कांग्रेसका उम्मेदवार डाक्टर रामशरण महत १४११ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार हितबहादुर तामाङले १०११ मत ल्याउनुभएको छ ।

LIVE TV