२१ मंसिर २०७४, बिहीबार

काठमाडौं । काठमाडौं जिल्लाको मतगणना भोलि बिहानदेखि मात्रै सुरू गर्ने सहमति भएको छ । मतपेटिका संकलन गर्न समय लाग्ने भएपछि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि सुरु गर्ने तयारी गरिएको छ । जिल्ला समन्वय समितिको हलमा भोलि बिहान ६ बजे सर्वपक्षीय बैठक बसेर लगत्तै गतगणना सुरु गरिने क्षेत्र नम्बर ९ का निर्वाचन अधिकृत विदुर काफ्लेले बताए।

निर्वाचनमा खटिने कर्मचारीको थकान, मतपेटिका बुझ्न समय लाग्ने तथा दक्षिणकाली, दहचोक, चन्द्रागिरि लगायत स्थानबाट मतपेटिका ल्याउने समय लाग्ने भएकाले राजनीतिक दल र निर्वाचन अधिकारीबीच शुक्रबार बिहान मतगणना गर्ने सहमति भएको थियो।

LIVE TV