२१ मंसिर २०७४, बिहीबार

भक्तपुर । बाालकोटमा नेकपा एमाले समर्थक युवाहरु र स्थानिय सर्वसाधारण बिच झडप हुदा एकै परिवारका ३ जना सहित जम्मा ४ जना घाईते भएका छन् । एमाले समर्थक युवाहरुले रोजभिलेज कोलनीनजिक सर्वसाधारणको घरमा तोडफोड गरेपछि स्थानीय सर्वसाधारण र एमालेसमर्थक युवाहरुको झडप भएको हो ।

तोडफोडमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित गणेश प्रावि मतदानस्थलमा हुलदंगा गर्ने उद्देश्यले त्यहाँ पुगेका एमाले समर्थक युवाहरुको समूहले मतदान स्थलबाट फर्कने क्रममा एक्कासी सर्वसाधारणको घरमा तोडफोड गरेपछि स्थानीयले प्रतिकार गर्ने क्रममा झडप भएको हो।

युवाहरुले स्थानीयको घरमा ढुंगा प्रहार गरी भाइराजा कार्की, विष्णुराज कार्की, शक्ति के सी, विजयराम कार्की, शिवराम कार्की, मानबहादुर कार्की लगायतका १६ वटा घरको सिसा तोडफोड गरेका छन। तोडफोडका क्रममा एकै परिवारका ७३ वर्षिय मैयाँ कार्की, ३८ वर्षिय भाइराजा कार्की, १८ वर्षिय प्रमोद कार्की घाईते भएका छन्।

घाईतेको मध्यपुर अस्पतालमा उपचार भईरहेको छ। घाईते मध्ये भाइराजाको अवस्था गम्भिर भएकाले आइसीयुमा उपचार भईरहेको नेपाली कांग्रेसका नेतासमेत रहेका विष्णुराज कार्कीले जानकारी दिए।

प्रमोद र मैयाँको अवस्था सामान्य रहेको कार्कीले बताए। त्यसैगरी, स्थानीयले प्रतिकार गर्ने क्रममा तोडफोडमा संलग्न २१ वर्षिय मिक्कल तामाङ घाइते भएको प्रहरीले जनाएको छ। सो घाईतेसहित प्रहरीले तिन जनालाई नियन्त्रणमा लिए पनि उनीहरुको परिचय खुलाएको छैन।

LIVE TV